सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

5170
Shares
खुट्टामा मिल्ने जुत्ता पाउन निकै गार्हो

चाडपर्व होस् वा अन्य कुनै मौका, मानिसहरु नयाँ लुगा तथा जुत्ता किन्न भुल्दैनन् । मनपर्ने रंग तथा फिटिंगको जुत्ताको खोजीमा घण्टौँसम्म शपिंग गर्दापनि थाक्दैनन् उनीहरु । तर अमेरिकाको मिसिगनका १९ वर्षका ब्रक ब्राउन भने यसभन्दा फरक छन् । कपडा त उनका लागि सजिलै भेटिन्छ, तर खुट्टामा मिल्ने जुत्ता पाउन भने निकै गार्हो छ ।
खुुट्टा भए, जुत्ता त कति कति भन्ने उखान ब्राउनका लागि मेल खाँदैन । उनका पाइताला यति ठूला छन् की उनलाई ठिक्क हुने साइजका जुत्ता कुनैपनि कम्पनीले उत्पादन गर्दैनन् । उनलाई २८ नम्बरे जुत्ता ठिक्क हुन्छन्, तर त्यो साइजका जुत्ता एकजनाका लागि उत्पादन गर्न कम्पनीहरुले अस्विकार गर्छन् ।
तर खुसीको कुरा हाल एउटा कम्पनीले थ्री डी पि्रन्टरको सहयोगले उनका लागि एक जोर जुत्ता तयार गरी उनलाई उपहार दिएको छ । रातो र कालो रंगको जुत्ता उनलाई यति मन परेको छ की उनी यिनै जुत्ता लगाएर हिँडडुल गर्दछन् । जबकी त्यसअघि उनलाई जुत्ता नलगाइकनै खाली खुट्टा हिँड्नु पथ्र्यो ।एजेन्सी

5170
Shares

ट्रेन्डिङ