सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

एक सय पैसठ्ठी मतदानस्थल

3430
Shares
एक सय पैसठ्ठी मतदानस्थल

मतदान केन्द्र सिफारिस समितिले आगामाी वैशाख ३१ गते हुने निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३७९ वटा मतदान केन्द्र तोकेको छ ।
यस महानगरमा सबैभन्दा बढी वडा नं. ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको काठमाडौँ महानगरका सूचना अधिकारी चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।
यस्तै सबैभन्दा कम मतदाता रहेको वडा नं ९ मा मतदानस्थल ९ वटा र मतदान केन्द्र १६ वटा निर्धारण गरिएको छ । त्यस्तै सबैभन्दा बढी १९ हजार १५७ मतदाता रहेको वडा नं १६ मा १० वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । वडा नं ३२ मा भने नौ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्र रहेका छन् ।
समितिले काठमाडौँ जिल्लामा साविकमा रहेका ३११ मतदानस्थलको सङ्ख्या बढाएर अहिले ३२० वटा र साविकमा रहेका ७४१ वटा मतदान केन्द्र बढाएर ७४५ वटा सिफारिस गरेको छ ।
स्थानीय तह पुनःसंरचना भएसँगै काठमाडौँ जिल्लामा साविकका २१० वटा वडाबाट सङ्ख्या घटेर अहिले १३८ कायम छन् ।
वडा नं ६, ७ र २६ मा मतदानस्थल सात÷सात वटा रहेका छन् भने मतदान केन्द्र ६ र ७ वडामा १८÷१८ वटा साथै वडा २६ मा आठ वटा रहेका छन् । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख ७४ हजार ४३८ मतदाता रहेको जनाएको छ । रासस

3430
Shares

ट्रेन्डिङ