सबैको समाचार
बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • आज पनि सुनकाे भाउ ५ सय रुपैयाँले घट्याे

आज पनि सुनकाे भाउ ५ सय रुपैयाँले घट्याे

1305
Shares
आज पनि सुनकाे भाउ ५ सय रुपैयाँले घट्याे

काठमाण्डाै । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

1305
Shares

ट्रेन्डिङ