सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कांग्रेस नेता गणेश लामाले गरे फूड बैंकमा एकैपटक यति धेरै सहयोग

कांग्रेस नेता गणेश लामाले गरे फूड बैंकमा एकैपटक यति धेरै सहयोग

37730
Shares
कांग्रेस नेता गणेश लामाले गरे फूड बैंकमा एकैपटक यति धेरै सहयोग

काभ्रे : कोभिड-१९ महामारीको विषम परिस्थितिमा “रोगले भन्दा, भोकले नमरुन” भन्ने उदेश्यका साथ नेपाली कांग्रेस बनेपा नगर समितिले सुरू गरेको फूड बैंकमा नेपाली कांग्रेसका नेता गणेश लामाले एकै पटक १ सय बोरा चामल सहयोग गर्नुभएको छ ।

निम्न आय स्रोत भएका घर परिवारलाई वितरणका लागि सुरू गरिएको फूड बैंकमा नेता लामाले एकैपटक १ सय बोरा चामल सहयोग गर्नुभएको हो । काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा अघिल्लो पटक नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका नेता लामाले गरेको खाद्यान्न सहयोगबाट छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई वितरण गरिने नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति जनाएको छ ।

नेता लामाले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसक्नु भएको छ ।’यो धेरै ठूलो सहयोग त होईन, सुरुवात हो, यो संकटको बेला समस्यामा परेका घरपरिवारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यहि दायित्व अन्तर्गत फूड बैंकमा चामल सहयोग गरेको हुँ, नेता लामाले सबैको समाचारसँग भन्नुभयो ।’

37730
Shares

ट्रेन्डिङ