सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विमानबाट इन्धन चुहिएको घटना अध्ययन गर्न समिति

विमानबाट इन्धन चुहिएको घटना अध्ययन गर्न समिति

5105
Shares
विमानबाट इन्धन चुहिएको घटना अध्ययन गर्न समिति

संस्कृति, पर्यटन तथा नागरिक उडड््यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएको नेपाल एयरलाइन्सको विमानबाट हवाई इन्धन चुहिएका विषयमा विस्तृत छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा आज तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिका सदस्यमा प्राधिकरणका पूर्वउपमहानिर्देशक (इन्जिनियर सिभिल) सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालयका एरोनटिकल इन्जिनियर लक्ष्मीप्रसाद तुम्बाहाम्फे रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
समितिलाई घटनाको विस्तृत छानबिन गरी १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न र भविष्यमा यस्ता घटना हुन नदिन एवम् यससम्बन्धी जिम्मेवार पदाधिकारीलाई के कस्तो कारबाही गरिनुपर्छ लगायत विषयमा सिफारिस गर्न निर्देशन दिइएको छ । यही चैत १ गते साँझ १८ः४५ बजे विमानस्थलमा पार्किङ गरिराखिएको नेपाल एयरलाइन्सको एयरबस ए३२० नाइनएन–एकेडब्लु विमानबाट करिब पाँच हजार टन हवाई इन्धन चुहिएको थियो । रासस

5105
Shares

ट्रेन्डिङ