सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न प्रतिबन्ध

चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न प्रतिबन्ध

१५ दिनभित्र पसलमा रहेका मदिरा नष्ट गर्न उर्दी

9220
Shares
चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न प्रतिबन्ध

काभ्रे : काभ्रेको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले आर्थिक बर्षको सुरुमै घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । प्रमुख प्रशासकी अधिकृत मानदास लामाले पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

गएको असार १० गते आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।

पालिकाले इलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र सबै वडाहरुलाई पत्र पठाएर घरेलु मदिराको बिक्री वितरण र उत्पादन भए, नभएको बारे निगरानी राख्न आग्रह गरेको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

9220
Shares

ट्रेन्डिङ