सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • म्यादी प्रहरीमा ७५ हजारका लागि आवेदन खुल्ला

म्यादी प्रहरीमा ७५ हजारका लागि आवेदन खुल्ला

6365
Shares
म्यादी प्रहरीमा ७५ हजारका लागि आवेदन खुल्ला

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिने भएको छ । यसका लागि प्रहरीको मानव श्रोत विभागले विहिबार साँझ सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ ।
५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् । म्यादी प्रहरीका लागि ५३ वर्ष उमेरहद तोकिएको छ ।
पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ ।
छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।

भर्ना फाराम हेर्न

https://www.nepalpolice.gov.np/images/vacancy_result/myadi-prahari-forms-2073-12-10.pdf

6365
Shares

ट्रेन्डिङ