सबैको समाचार
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • डुङ्गा दुर्घटनामा आठको मृत्यु, दर्जनौँ बेपत्ता

डुङ्गा दुर्घटनामा आठको मृत्यु, दर्जनौँ बेपत्ता

4450
Shares
डुङ्गा दुर्घटनामा आठको मृत्यु, दर्जनौँ बेपत्ता

बङ्गलादेशको बगेर्हात जिल्लामा पानगुची नदीमा मङ्गलबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्ती तीन महिलाको मृत्यु भएको छ भने अन्य दर्जनौँ बेपत्ता भएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट करिब १७८ दक्षिणपश्चिममा पर्ने बगेरहाट जिल्लामा यो दुर्घटना भएको बताइएको छ ।
बङ्गलादेशको अग्नी नियन्त्रण तथा र नागरिक प्रतिरक्षा मन्त्रालयका उप नायब निर्देशक मसुद सर्दारले स्थानीय समयअनुसार बिहीबार विहान १०.३० मा डुङ्गा दुर्घटना भएको थियो ।
दुर्घटना भएको डुङ्गा ४०÷५० जना यात्रु रहेका थिए । उनीमध्ये तीन महिलाको शव भेटिएको छ भने अरुको खोजी कार्य भइरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।
यस्तै फिलिपिन्सको जम्बोआङ सहर नजिकै समुद्री छेउमा भएको एउटा डुङ्गा दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बेलुका ८.२० बजे डुङ्गामा विस्फोट भएको फिलिपिन्स सेनाले मङ्गलबार जानकारी दिएको छ । रासस÷सिन्ह्वा

4450
Shares

ट्रेन्डिङ