सबैको समाचार
आइतवार, पुस २८, २०८१
  • होमपेज
  • पूर्वप्रधानमन्त्री डा भट्टराई प्रहरी नियन्त्रणमा

पूर्वप्रधानमन्त्री डा भट्टराई प्रहरी नियन्त्रणमा

4080
Shares
पूर्वप्रधानमन्त्री डा भट्टराई प्रहरी नियन्त्रणमा

आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा ९क्रान्तिकारी माओवादी०का उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई नियन्त्रणमा लिएको हो ।
उहाँहरुलाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।
पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको आरोप लगाउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ । रासस

4080
Shares

ट्रेन्डिङ