खोट्टाङ्ग जिल्ला बतासे ६ मुलाबारीको रमणीय स्वर्गजस्तै ठाउँमा पिता पदम् ब: राई र माता पदम् कुमारी राईको शुपुत्रको रुपमा जन्मनु भएका थिए गायक योगेन्द्र राई।
हँसिलो मुहार मिलनसार स्वाभावका गायक राईको सानैदेखि नेपाली गीत संगीम मा खुबै रुचि थियो। राई फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउघरमा मेलापात,दाउरा घाँस उकाली ओराली गर्दा आफ्नै तरिकाले गीतहरु गुनगुनाउदै उहाँको बाल्यकाल बितेको राई बताउनु हुन्छ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेका थिए राईले। तर सोचेजस्तो कहाँ हुन्छ र जीवन। गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन। हो ठ्याक्कै यो गीतले भने जस्तै राईको जिवनमा पनि भएर छाड्यो।
आफ्नो देश र आफन्त गाउघरलाई छोडेर निकै टाढा जानुपरे पनि अरुको ओठमा खुशीको लहर देखिन्थ्यो। तर गायक राईको मुहारमा आफ्नो देश र आफ्नै देशको माटोमा पसिना बगाएर जीवनयापन गर्ने सपना तुहिएको पीडाले मन भित्रभित्रै भतभती पोलिरहेको थियो।
अनगिन्ती सपनाहरु मध्यको एउटा अर्को सपना थियो आफ्नो शब्दहरुलाई रेकर्ड गराएर नेपालको कुना-कुना डाँडा पाखा भिर पहरामा गुन्जाउने। जब हातामा हरियो पासपोर्ट पर्यो त्यतिबेला लागेको थियो एउटा अर्को सपना पनि अधुरो नै रहने भयो।
तर सोचेको भन्दा अलग भैदियो।राईको जीवन परदेशमा रहेकै बेला संगीतकार बिनोद खाम्बु भेटय अनि त्यही दिनदेखि आफ्नो गीत रेकर्डिङ गर्ने गीत गाउने सपना पुरागर्छु भन्ने अठोट लिनुभयो। त्यही संगीतकार बिनोदको साथ र आफ्नो आटले गर्दा उहाँले परदेशमा बसेर आफ्नो पहिलो गीति एल्बम “मेरो पहिलो माया ” नेपाली संगीतपारखी मनहरु माझ पसकनु भएको छ ।
उक्त एल्बममा “मेरो पहिलो माया ” राईको आफ्नै सुमधुर आवाज रहेको छ भने संगीत बिनोद खाम्बुले दिनु भएको छ। र शब्द दुर्गा बान्तवा राई को रहेको छ ।
मेरो यो पईलो मायाँ तिमिलाई सदैभरी गीत प्रेम कथामा आधारित छ् र उक्त गीतलाई कुन्दन क्षोत्रीले निर्देशन गर्नु भएको छ् भन्ने ,उत्तम राई र प्रनईता राईको बिजोड़ अभिनय रहेको छ् भने क्यामेरा नारायण ढूंगानाले घुमायका छन ,।
अबको आगामी यात्रा भनेको गायन सँगै गीतको सब्द पनि कोर्डी अगाडि बड्ने उहाँको योजना रहेको बताउनुभयो।
: