सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता तयारी पुरा

मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता तयारी पुरा

7055
Shares
मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता तयारी पुरा

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स(२०७३ ) को तयारीको पुरा भएको छ |
संघले आज पत्रकार सम्मेलन गर्दै चैत्र २५ र २६ गते राष्ट्रिय खेलकुद परिषदस्थित कभर्ड हलमा हुने प्रतियोगिताको अन्तिम तयारी भएको जानकारी दिएको हो | छैठौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूह अन्तर्गत खेलाइने छ । जसमा ५५,
६०, ६५, ७०, ७५, तथा ७५ के.जी. तौल भन्दा माथिको समूह विच प्रतिस्पर्धा गराइने छ । यसपाली संघकै आयोजनामा प्रथम पटक शारीरिक सुगठन प्रतियोगिताको विधा अन्तर्गत पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स खुल्ला उचाई समूह अन्तर्गत प्रतियोगिता आयोजना हुने पनि जनाइएको छ ।
शारीरिक सुगठन प्रतियोगितामा एउटा क्लब,संघ,संस्थाबाट एउटा वजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १२ जना खेलाडीहरु र १ जना टीम मेनेजरले प्रतियोगितामा भाग लिन तथा टीमको प्रतिनिधित्व गर्न पाउने छ । यस प्रतियोगितामा नेपाल भरिका विभिन्न क्लब तथा संघ संस्थाबाट करीब सयजना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन चैत्र २५ गते प्रि–जजि· राउण्ड अन्तर्गत प्रत्येक समूहबाट जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डकोलागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण,रजत तथा काश्य पदक एवं प्रमाण पत्रले सम्मानित गरिने छ । चौथो तथा पांचौहुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछ ।
प्रत्येकवजन समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु. २५ हजार , १५ हजार तथा १० हजार नगद प्रदान गरिने छ । त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन चैत्र २५ गते प्रि–जजि·राउण्ड अन्तर्गत जम्मा ५ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक उचाईसमूहका खेलाडीहरुमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाण पत्रले सम्मानित गरिने छ । चौथो तथा पाचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछ ।
प्रत्येक उचाई समूहमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु. २५ हजार , १५ हजार तथा १० हजार नगद प्रदान गरिने छ |शारीरिक सुगठनको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडिहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई “मिष्टर हिमालय“ को उपाधि साथै नगद दुई लाख पचास हजार पुरस्कार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिने छ । सरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु. २ ७५,००० प्राप्त गर्नेछ । यस भन्दा अगाडीको संस्करणमा ओभरअल विजेतालाईरु. २,००,००० नगद पुरस्कारले पुरस्कृत गरिएको थियो भने यस पटकदेखि यस प्रतियोगितालाई अझ आकर्षक बनाउन पुरस्कारको राशि बढाइएको हो । प्रतियोगिताको अनुमानित बजेट करीब १७ लाखको हुनेछ ।
यस छैठौं मिष्टर हिमालय प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा नेपालको नं. एक स्टिल कम्पनी जगदम्बा स्टिल प्रा.लि., लक्ष्मण बाबु भवन, नक्साल,काठमाडौमा रहेको छ । निश्चित भविष्यको सुरक्षित आधार, नेपालको सबैभन्दा विश्वसनीय भुकम्प प्रतिरोधक छड विगत लामो समयदेखि विक्री वितरण गर्दै आफुलाई अब्बल सावित गर्दै आएको छ । सह–प्रायोजकका रुपमा यति डेभलपमेन्ट बैंक, आइ.एम.एस. मोटर्स, अग्नि ग्रुप, मनकामना दर्शल प्रा.लि.डाइट नेपाल, फिटनेस च्वाइस नेपाल रहेको छ ।
यस “छैठौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिट्नेस तथा महिला एथलेटिक्स जिक्स–२०७३” लाई सन्२०१७ सेप्टेम्बर तथा नोभेम्बरमा क्रमशः कोरिया तथा मंगोलियामा आयोजना हुने ५१औ एशियाली प्रतियेगिता तथा ९औ विश्व शारीरिक सुगठन प्रतियोगिताको तयारी एवं छनोट खेलको रुपमा समेत संचालन गरिने छ । अन्तराष्ट्रिय स्तरमा एशियन एवं विश्व शारीरिक सुगठन प्रतियोगितामा पदक हासिल गरेका खेलाडीहरुको हकमा सिधै अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गरिएको छ ।

7055
Shares

ट्रेन्डिङ