सबैको समाचार
सोमवार, माघ २८, २०८१

सोमबार सार्वजनिक बिदा

4060
Shares
सोमबार सार्वजनिक बिदा

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार राष्ट्रपति भण्डारीको औपचारिक राजकीय भ्रमणमा ३४ जनाको भ्रमण दल रहनेछ ।
राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भारत भ्रमण पूरा गरी आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ । सरकारले यसअघि पनि राष्ट्रप्रमुखबाट हुने मित्रराष्ट्रको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो । रासस

4060
Shares

ट्रेन्डिङ