गितकार शितल कादम्बिनी तथा बरिस्ठ संगीतकार सुरेश अधिकारीको संगीत सम्योजनमा गायक प्रकाश मगरको सुमधुर आवाजमा सजिएको “आछु आछु पार्यो मलाई” गीति एल्बम `प्रेमशाला” मा समाबेश गीतको भिडियो सार्बजनिक भएको छ ।
प्रकाश मगर प्रवासमा रहेर पनि गित संगीतको क्षेत्रमा निरन्तरता दिइरहने गायक मध्येमा एक हुन। प्रकाशको “आछु आछु “बोलको गितको म्युजिक भिडियो समेत निकै चर्चा बटुल्न सफल भएको कुरा नेपाली म्युजिक इन्ड्स्ट्रीजका हस्तिहरु बताउछन।
उक्त म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ नेपाली चर्चित नायिका शिल्पा पोखरेल र चकलेटी मोडल पुस्पल र बिकास को प्रमुख अभिनय रहेको छ।
म्युजिक भिडियोलाई कपुरी क मोसन पिक्चर्स प्रा. लि को ब्यानर्मा निर्देशक युवराज वाइवाले निर्देशन गरेका छन ।
उक्त म्यूजिक भिडियोमा मेक अप आर्टिस्ट शोभा श्रेष्ठले कलाकारहरुलाई मेक-अप समेत गरेकी छन ।