सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यी हुन् काभ्रेमा एमालेका उम्मेदवार

यी हुन् काभ्रेमा एमालेका उम्मेदवार

5745
Shares
यी हुन् काभ्रेमा एमालेका उम्मेदवार

नेकपा एमाले काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । गएराती अबेर एमाले प्रदेश कमिटीले सबै तहका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेले नगरपालिकाको प्रमुख र उपप्रमुखतर्फ बनेपामा लक्ष्मी नरसिंह बादे र रेखा दाहाल, धुलिखेलमा धुलिखेलमा अशोक ब्यान्जु र जमुना लामा, पनौतीमा भिम न्यौपाने र गिता बन्जारा, पाँचखालमा रुद्रबहादुर बानियाँ र भक्तकुमारी लामा, नमोबुद्धमा टिपि तिमल्सिना र रामदेवी लामा तथा मण्डनदेउपुरमा टोकबहादुर वाइबा र निर्मला शाहीलाई उम्मेदवार बनाएको छ ।
यस्तै गाउँपालिकातर्फ चौरी देउरालीमा लेखराज गौतम र यशु लामा, भुम्लुमा गुमानध्वज कुँवर र कल्पना श्रेष्ठ, तेमालमा प्रदिप लामा र उषा घिसिङ, रोशीमा बज्रध्वज वाइबा र बबिता बोहोरालाई उम्मेदवार बनाएको छ । यस्तै महाभारतमा राजकुमार कुँवर र रविनमाया अस्तानी, बेथानचोकमा प्रेम लामा र उन्नति केसी तथा खानीखोलामा कृष्णबहादुर खुलाल र रुक्मणी गुरुङलाई उम्मेदवार बनाएको छ ।
-मेचीकाली डट कम बाट साभार

5745
Shares

ट्रेन्डिङ