सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आचारसंहिता मिच्दै चुनाव प्रचार

आचारसंहिता मिच्दै चुनाव प्रचार

5770
Shares
आचारसंहिता मिच्दै चुनाव प्रचार

नवलपरासी, २४ वैशाख । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा जुटिरहेका छन् । प्रदेश न ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन आचारसंहिता विपरीत प्रचारका लागि धेरै मात्रामा मोटरसाइकल यात्रालाई जोड दिइरहेका छन् ।
यसैगरी, आचारसंहिता विपरीत नवलपुर क्षेत्रमा कतिपय दल बिहानै ७ बजेदेखि नै चुनावप्रचारमा निस्कने गरेका छन् । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारका क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ ।
निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेगलत्तै उम्मेदवार चुनावी प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि ६ दिनको समय दिएको छ । उम्मेदवारले बिहान ८ देखि साँझ ७ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रम गर्न पाउनेछन् । वैशाख २८ गते रातको १२ बजेपछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
नवलपरासीमा कामय भएको १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हँुदैछ । नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुँदैछ । विशेषगरी क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्पर्धा हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ४ मा करिब एक सय ३२ मतदानस्थल र दुई सय सय ८७ मतदान केन्द्र रहनेछन् । पहिलो चरणमा निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ को आठवटा स्थानीय तहमा करिब दुई लाख मतदाता छन् । रासस

5770
Shares

ट्रेन्डिङ