सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सम्पादकिय: स्थानिय चुनाबमा बहुमत कस्को पोल्टामा?

सम्पादकिय: स्थानिय चुनाबमा बहुमत कस्को पोल्टामा?

5655
Shares
सम्पादकिय: स्थानिय चुनाबमा बहुमत कस्को पोल्टामा?

केशब चापागाईं,प्रधान सम्पादक
सबैको समाचार डट कम प्रा.ली

मुलुक विभिन्न राजनितिक जर्जता र बिबादै-बिबाद बिच चुनाबमा होमिएको छ । देश अनि जनता चुनाबमय बनेका छन । समग्र राजनिती स्थिती र परिबेशलाई नियाल्दा स्थानिय चुनाबमा बहुमत कसैको पनि पक्कापक्की नहुने निश्चित छ । प्रमुख चार शिर्ष दलहरु उपलब्धी भन्दा पनि बिबादको घेरामा जनमानसमा परिचित छन । यति लामो समय सम्म स्थानिय निकायको चुनाब नहुनुमा पनि दलहरुकै भुमिका अग्रस्थानमा छ । जनताले यो बुझिसकेका छन । कयौ चोटि सत्ता फेरियो कयौ चोटि सत्ताधारी फेरीए । सबै सत्ताधारीका काम र कर्तब्य अब जनताले बुझिसकेको छ ।
एमालेको सपनाका लड्डु देखि माओबादी केन्द्रको न्यायपालिका माथिको हमला मुख्य राजनितिक दोस बन्यो । नेपाली कांग्रेसको बिदेसी हस्तक्षेप स्विकार्य देखि राप्रपा नेपालको शत्ता लिप्सा पनि देखे जनताले । मधेशी पार्टीहरुको बिदेसी एजण्डालाई पनि भोगे जनताले । यस सम्पुर्ण परिस्थितीको लेखा जोखा गर्दा कुनै पनि स्वतन्त्र नेपाली नागरिकले दलहरुलाई मतदान गर्ने बिकल्प देखिदैन।
यस परिस्थितीको मुल्याङकन गर्दै दलहरुले समाजका उच्च समाजसेवी, सेलिब्रेटीहरुलाइ उमेद्वारको टिकट दिएको पाइयो । अब यसमा कस्को पल्ला भारी हुन्छ त्यो हेर्न बाकी छ।
हाम्रो लाई भन्दा राम्रो लाई चुनौ। “
 
5655
Shares

ट्रेन्डिङ