सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ठूलो जहाज लिन ग्लोबल टेन्डर

ठूलो जहाज लिन ग्लोबल टेन्डर

4400
Shares
ठूलो जहाज लिन ग्लोबल टेन्डर

वैशाख २८, काठमाडौं । ष्ट्रिय ध्वजाबहाक नेपाल बायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एक थान ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डर आव्हान गरेको छ।
निगमले दुई महिनाका लागि एक थान जहाज भाडामा लिन टेन्डर आव्हान गरेको हो । यसअघि आव्हान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आव्हान गरेको हो।
‘अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र बोइङ ७५७ जहजा नियमित मर्मत (सि-चेक) मा जाने भएपछि उडान तालिका प्रभावित हुन नदिन जहाज भाडामा लिन लागेका हौ,’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘भाडामा लिइने जहाजलाई आगामी साउन १ गतेबाट उडानमा प्रयोग गर्छौ।’
– नागरिक

4400
Shares

ट्रेन्डिङ