सबैको समाचार
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • काभ्रेमा मतगणना जारी, चार नगरपालिका र ७ गाउँपालिकामा मत गणना हुँदै

काभ्रेमा मतगणना जारी, चार नगरपालिका र ७ गाउँपालिकामा मत गणना हुँदै

5935
Shares
काभ्रेमा मतगणना जारी, चार नगरपालिका र ७ गाउँपालिकामा मत गणना हुँदै

काभ्रे, जेठ १। काभ्रेका १३ वटा स्थानीय तह मध्ये ११ वटामा मत गणनाको चरणमा छ भने नमोबुद्ध र धुलिखेल नगरपालिकाको मतगणना भने आज नहुने भएको छ ।धुलिखेलको एउटा वडामा राप्रपाका उम्मेदवारको मृत्यु भएकाले निर्वाचन जेठ ३ गतेका लागि तोकिएको थियो भने । नमोबुद्धमा गोली लागि एकजनाको मृत्यु भएकोमा हिजो बिहान स्थानीयले अवरोध गरेपछि निर्वाचन स्थगित भएको थियो । उक्त वडामा पनि जेठ ३ गते नै निर्वाचन गरिने भएको छ ।
हालसम्म काभ्रेको रोशीको वडा नम्बर १२ नम्बर वडाको मतगणना सकिएको छ । जम्मा ७१७ मत खरेकोमा १४ मत बदर भएको थियो । परिणाम अनुसार गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले २९०, नेपाली कांग्रेसले २५०, नेकपा एमाले २३६ मत प्राप्त गरेका छन् । यसैगरी वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत प्रापत गरी विजयी भएका छन् । नेपाली काँग्रेसले २०१, नेकपा एमालेले २३६ मत प्राप्त गरेका छन् ।
बनेपा नगरपालिकामा पछिल्लो नतिजा अनुसार वडा नम्वर १ को ५०८ मतमा नेकपा एमाले प्रमुखले २१६, उप्रप्रमुखले २१६, वडा अध्यक्ष १७५, मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस प्रमुखले १८५ उप्रप्रमुखले १८६ वडा अध्यक्ष २२५, नेकपा माओवादी केन्द्रका प्रमुखले ४३ उप्रप्रमुखले ४० वडा अध्यक्ष २९ प्राप्त गरेका छन् ।पाँचखाल वडा नम्वर १ मा नेपाली कांग्रेसका प्रमुखले ८३, उप्रप्रमुख ७४, वडा अध्यक्ष ७७, नेकपा एमालेका प्रमुखले १५२ उप्रप्रमुख १८० वडा अध्यक्ष १७७, नेकपा माओवादी केन्द्रका प्रमुखले १९८ उप्रप्रमुख १७१ वडा अध्यक्षले १५९ मत प्राप्त गरेका छन् ।
-पलपलको समाचार डट कम बाट

5935
Shares

ट्रेन्डिङ