सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यस्तो छ भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन नसक्नुको कारण

यस्तो छ भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन नसक्नुको कारण

2685
Shares
यस्तो छ भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन नसक्नुको कारण

चितवन, जेठ १। मतदान सकिनासाथ देशका विभिन्न निर्वाचन भएका स्थानका मतगणना र परिणामहरु धमाधम आइरहँदा भरतपुर महानगरमा भएको अलमलले सर्वसाधारण आश्चर्यमा परेका छन् । मतगणना स्थल भरतपुरको कर्भड हल आसपासमा सर्वसाधारणको भिड लागेको छ । मतगणना सुरु हुन अगाडी दल, उम्मेदवार र निर्वाचन अधिकारी बिच साझा समझदारी नै जुट्न सकिरहेको छैन । एमालेले विद्यमान ऐन, कानुन र विधी बमोजिम मतगणना तत्काल अघि बढाउन माग गरेको छ । तर बिहान ९ बजेदेखि बसेको बैठकमा गणना थालिहाल्ने विषयभन्दा मतगणना गर्दाका नियमका बिषयमा एक मत हुन नसक्दा ढिलाइ भएको हो ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल र एमालेले देवी ज्ञवालीलाई मेयरमा उठाएको हो । कांग्रेस समेतको सर्मथन पाएकी माओवादी उम्मेदवार दाहाल र एमाले उम्मेदवार ज्ञवाली बिच कडा प्रतिस्पर्धा हुने आकंलन जनमानसमा छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा मतगणनाका विषयमा सहमती नजुट्पछि अहिले फेरि सर्वदलिय बैठक बस्दै छ । बिहानदेखि मध्यान्नसम्म चलेको बैठकमा पार्टीका जिल्ला तहका नेता र उम्मेदवारहरु सहभागी भए । बैठकमा ति पार्टीका प्रतिनिधीहरुले आआफ्ना धारणा राखे । दलहरुले मतदाता भन्दा बढि मत कुनै मतपेटिकामा भेटिए मान्य नहुने अडान लिए । तर, प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपेटिकामा खसेका सबै मत बैध हुने बताउनुभएपछि विवाद मिलेको छैन ।
बैठकमा माओवादी केन्द्रका जिल्ला नेताले मेयर पदमा कांग्रेसको रुख चिन्हमा समेत खसेको मत आफ्नो पार्टीका उम्मेदवार रेणु दाहालको पक्षमा गणना हुनुपर्ने प्रस्ताव राखेको श्रोतले बताएको छ । लामो समयको बहस पछि प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जुन उम्मेदवारको जुन चिन्ह छ उसले त्यसमै परेको मत मात्रै पाउने भनि स्पष्ट पारेपछि सो विवाद मिलेको बताइएको छ । महानगरमा १ लाख ५० हजार ६ सय ४१ जना मतदाता रहेका छन् । भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय ४१ मत खसेको छ ।

2685
Shares

ट्रेन्डिङ