सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चाँगुनारायण–२ मा काँग्रेस विजयी

चाँगुनारायण–२ मा काँग्रेस विजयी

4030
Shares
चाँगुनारायण–२ मा काँग्रेस विजयी

चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ । वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज केसीले ७७७ र राप्रपाका सन्तोष केसीले ५२५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवाल, दलित महिला सदस्यमा रेखादुलाल अच्छामिर र खुला सदस्यमा सोमप्रसाद प्रधान विजयी हुनुभएको छ । यस्तै अर्को खुला सदस्यमा एमालेका मोहन पोखरेल विजयी हुनुभएको छ । रासस

4030
Shares

ट्रेन्डिङ