सबैको समाचार
शुक्रबार, असार २०, २०८२
  • होमपेज
  • दोस्रो चरणको निर्वाचन तयारीमा गृह, म्यादीको जागिर २० दिन लम्बिने

दोस्रो चरणको निर्वाचन तयारीमा गृह, म्यादीको जागिर २० दिन लम्बिने

3040
Shares
दोस्रो चरणको निर्वाचन तयारीमा गृह, म्यादीको जागिर २० दिन लम्बिने

७ जेठ, काठमाडौं । गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सुरक्षा योजना अघि बढाएको छ । पहिलो चरणको निर्वाचनको मतगणना अन्तिमतर्फ पुगेपछि गृह दोस्रो चरणको योजनामा अघि बढेको हो ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीबारे शनिबार गृहका अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ । छलफलमा पहिलोभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै सुरक्षा चुनौती रहेको निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दोस्रो चरणको निर्वाचनको योजना बनिसकेको बताए ।
निर्वाचनका लागि भर्ना गरिएको ७५ हजार म्यादी प्रहरीको जागिर २० दिन थपिने भएको छ । ५५ दिनका लागि भनेर उनीहरुलाई भर्ना गरिएको थियो । दुई चरणमा निर्वाचन हुने भएपछि ५५ दिनको अवधिले नपुग्ने भएकाले २० दिन थप्नुपरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

3040
Shares

ट्रेन्डिङ