सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • चलचित्र ‘बाह्रमासे’शुभ मुहर्त सम्पन्न

चलचित्र ‘बाह्रमासे’शुभ मुहर्त सम्पन्न

5740
Shares
चलचित्र ‘बाह्रमासे’शुभ मुहर्त सम्पन्न

२३ भदौ, काठमाडौं / सनम सुवाल । टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदिप पाठकले निर्माण गर्न लागेको चलचित्र ‘बाह्रमासे’शुभ मुहर्त सम्पन्न भएको छ। भक्तपुर सुर्यविनायक गणेश मन्दिरमा पुजा आजा गरेर चलचित्रको शुभमुहर्त गरिएको हो मुहर्त संगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।चलचित्र बाह्रमासेमा भद्रगोल लगायत अन्य थुप्रै टेलिचलचित्रका चर्चित हास्यकलाकारहरुको अभिनय रहने छ । हाँस्यप्रधान चलचित्र ‘बाह्रमासे’को निर्देशन लामो समय देखि कलाकारितामा संलग्न रहेकी चर्चित हाँस्यकलाकार पल्पसा डंगोल(चम्सुरी)ले गर्ने भएकी छिन ।

चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की(बेलासे)मुख्य पात्रका रुपमा देखिने भएका छन् । यसका साथै चलचित्रका अन्य कलाकारहरुमा मधुसुधन पाठक(सीते बा) सीपी पुडासैनी(धतुरे) गोविन्द कोइराला (जयन्ते ),सुष्मा अधिकारी, सुरविर पण्डीत,रामचन्द्र अधिकारी,केदार न्यौपाने,निर्मल शर्मा(गैंडा),अरुणा कार्की,रोहित दंगाल,रोहन ,राधा लम्साल(भावु) निरु खड्का(निर्मली),सुदिप बराल,सुशिल सैंजु,अमृता भट्ट,पत्रकारहरु ऋषि धमला र जनार्जन पौडेल लगायत रहेका छन् । चलचित्रको छायांकन काभ्रेको नाला,पनौती,खोपासी ,पाँचखाल,भकुण्डे आसपासमा गर्ने निर्माता पाठकले बताएका छन् ।

5740
Shares

ट्रेन्डिङ