सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बम विस्फोटमा परि निधन भएका म्यादी प्रहरी चौधरीको परिवारलाई सरकारले १० लाख दिने

बम विस्फोटमा परि निधन भएका म्यादी प्रहरी चौधरीको परिवारलाई सरकारले १० लाख दिने

4030
Shares
बम विस्फोटमा परि निधन भएका म्यादी प्रहरी चौधरीको परिवारलाई सरकारले १० लाख दिने

मंसिर १४, काठमाडौं। सरकारले बम विस्फोटमा परि निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा परेर घाइते हुनुभएको र उपचारका क्रममा उहाँको बुधबार निधन भएको हो।
गृह मन्त्रालयले चुनाव र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोट तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने पनि जनाएको छ।
मन्त्रालयले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
चुनावी सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने मन्त्रालयले दाबी गरेको छ।

4030
Shares

ट्रेन्डिङ