सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोक दुर्घटनाका घाईतेहरु (पुरा नामावली सहित )

सिन्धुपाल्चोक दुर्घटनाका घाईतेहरु (पुरा नामावली सहित )

7325
Shares
सिन्धुपाल्चोक दुर्घटनाका घाईतेहरु (पुरा नामावली सहित )

सिन्धुपाल्चोक , मंसिर  , २९ ,  आज बिहान सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा १४ जनाकाे मृत्यु भएकाे छ । घटनामा १८ जना घाईते भएका छन् ।दुर्घटनाको घाईतेहुनेहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, ३७ बर्षको दोर्जे तमाङ, १६ बर्षको सागर तमाङ, ३० बर्षको दिपक तमाङ, २४ बर्षको नैना तमाङ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५–६ महिनाको एक बालिका रहेको प्रहरीले जनाएकाे छ ।

घाईते मध्य सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको छ । यस्तैै सुर्ययविनायक न. पा. आदर्स बस्ने मिठू ढकाल, राम सिं तामाङ र अन्य दुई जनाकाे धुलिखेल अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भै रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमकला पाण्डेले जानकारी दिनु भयो ।

7325
Shares

ट्रेन्डिङ