सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • गाउँपालिका अध्यक्ष पक्राउ , कारागार चलान

गाउँपालिका अध्यक्ष पक्राउ , कारागार चलान

5390
Shares
गाउँपालिका अध्यक्ष पक्राउ , कारागार चलान

बारा , पुष  , ६ ,  बाराको विश्रापुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी कारागार चलान गरिएको छ।

१३ वर्ष पुरानो ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरि कैद भुक्तानीका लागि कारागार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकासराज खनालका अनुसार २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवनाको फैसला कार्यान्वन गर्न राउतलाई पक्राउ गरी कारागार पठाइएको छ।२०६२ सालमा घटेको घटनामाथि २०६३ साल भदौ २९ मा फैसला भए अनुसार २९ दिन जेल र दुई हजार जरिवना गर्ने फैसला भएको रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘फरार रहेका राउतलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ।’

राउतलाई २९ दिन थुनामा राख्न कारागार पठाइसकिएको खनालले बताए। ‘आजै पक्राउ गरेका हौं। आजै अदालतमा पेश गरी आजै कारागार पठाइएको छ ।

5390
Shares

ट्रेन्डिङ