सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेशसभा सांसद हुमागाईले दिए स्थानीय तहलाई २५/२५ हजार

प्रदेशसभा सांसद हुमागाईले दिए स्थानीय तहलाई २५/२५ हजार

4370
Shares
प्रदेशसभा सांसद हुमागाईले दिए स्थानीय तहलाई २५/२५ हजार

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालीकामा आज प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य बसुन्धारा हुमागाईले मण्डनदेउपुर नगरपालीकाले स्थापना गरेको कोरोना बिपद ब्यबस्थापन कोषमा आफ्नो तलब बाट २५ हजार सहयोग गर्नु भएको छ ।

यस अघि प्रदेश सभा सदस्य हुमागाईले प्रदेश सरकारको कोरोना बिपद ब्यबस्थापन कोषको लागी एक महिनाको तलब सयोग गर्नु भएको छ । उहाँले आफ्नो क्षेत्रको लागी पनी केही सहयोग गर्ने मनसायले दुई महिनाको तलब चार वटा स्थानीय तहलाई दिने निर्णय गरेको बताउनु भएको छ । जिल्लामा रहेको बेथानचोक गा।पा।, मण्डनदेउपुर न।पा, पनौती न।पा।र बनेपा न।पालाई आफ्नो दुई महिनाको तलब बाट प्रत्येक स्थानीय तहलाई २५ हजार रुपैया बराबरको सहयोग गर्ने जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य हुमागाईले आज मण्डनदेउपु न।पा। पुगेर उक्त रकम नगर प्रमुख टोक बहादुर वाइवालाई हस्तान्तरण गरेर आफुले सहयोगको सुरुवात गरेको जानकारी दिएका छन । नगरपालिकालाई सयोग उपलब्ध गराएको मा धन्यवाद दिदै नगर प्रमुख बाइवा ले सबै मिलेर बिपदको सामना गर्न सहज हुने हुदा सबै नागरिक लाई सरकारले निर्दिष्ट गरेको कार्यलाई सहजरुपमा लिदै बिपद को सामना गर्नुको विकल्प नरहेको साथै आफुले बिपद ब्यबस्थापन गर्न नगरवासी कै साथमा साथ मिलाउदै अगाडि बढिरहेको जानकारी गराएका थिए ।

प्रदेश सभा सदस्य हुमागाईले नगरपालीकामा रहेका स्वास्थ्य चौकिमा कोरोना निवारण को लागी कस्तो तयारी रहेको छ भनेर मन्डनदेउपुर नपा भित्र रहेका ६ वटा स्वास्थ्य चौकीको अनुगमन सङ्गै स्वास्थ कर्मचारी सङ्ग छलफल समेत गर्नु भएको थियो । नगर भित्र कोरोना भाइरस नियन्त्रण लक्ष्यित कार्यक्रम को बारेमा स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी र नागरिकहरु सङ्ग छलफल गर्नु भएको थियो ।

साथै मन्डनदेउपुर नपामा भारत बाट फर्केर क्वारेन्टाईन मा रहनु भएका एक जना सङ्ग उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको थियोे ।साथै नगर भित्र रहेको वडा नं। १, २, ५ र ६ का जनप्रतिनिधी, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दाहरु सङ्ग छलफल गरेका थिए ।

4370
Shares

ट्रेन्डिङ