सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेपाली काङ्ग्रेसद्वारा नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनाउन माग गर्दै प्रर्दशन

नेपाली काङ्ग्रेसद्वारा नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनाउन माग गर्दै प्रर्दशन

6255
Shares
नेपाली काङ्ग्रेसद्वारा नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनाउन माग गर्दै प्रर्दशन
  • सुनिल श्रेष्ठ

वैशाख २१ वीरगंज / वीरगंजमा रहेको नारायणी अस्पताललाई सरकारले कोभिड अस्पतालको रुपमा सेवा प्रदान गरेपछी गरिब निमुखा सर्वसाधरणहरु सहज सेवा नपाएको भन्दै आईतवार नेपाली काग्रेस पर्साले प्रदर्शन गरेका छन । नारायणी अस्पताल देखि विर्ता चौकसम्म रहेको नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुको लाईनमा उभि तालि बजाई प्रर्दशन गरिएको थियो ।

कोराना उपचार अन्यत्र गर्नुपर्ने र नारायणी अस्पताल लाई पुर्व वर्ती सेवा अबिलम्ब शुरु गर्नुपर्ने माग नेपाली काग्रेसको रहेको युवा नेता मोहम्मद शाहबुदिनले बताउनु भएको हो । हातमा विभिन्न प्ले कार्ड लिएका नेता कार्यकर्ताहरुको लामो भिड देखेर पक्कै सरकारले केही निर्णय गर्ला भने आशाले सर्वसाधारणहरुले पनि लाईनमा उभिएका थिए ।

बिर्तादेखी अस्पतालसम्म लामबद्द भई प्रदर्शनमा थुप्रैको सहभागीता थियो । सो अवसरमा पार्टी सभापती अजय दुबेदि , पुर्व मन्त्री सुरेन्द्र चौधरी, पुर्व सान्सद राजेन्द्र बहादुर अमात्य, पुर्व पर जिल्ला समन्वय समिती पर्साका सभापति जनार्धन सिंह क्षेत्री, पुर्व सान्सद ओम प्रकाश शर्मा, प्रतिनिधि सभा सदस्य राजेश्वर साह तेलि , पर्सा जिल्ला सचिव श्याम पटेल, महमद साहबुद्दिन, लगायत स्थानियहरुको समेत सहभागीता रहेको थियो । यसैगरी समाजिक अगुवा तथा जनता समाजबादी पार्टीका नेता निजामुद्दिन समानिले पनि समाजिक दवाब कार्यक्रम शुरु गर्नु भएको छ ।

6255
Shares

ट्रेन्डिङ