सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चित्रलेखा स्टुडियोमा प्रहरीको छापा, सञ्चालक सहित ५ जना पक्राउ

चित्रलेखा स्टुडियोमा प्रहरीको छापा, सञ्चालक सहित ५ जना पक्राउ

6625
Shares
चित्रलेखा स्टुडियोमा प्रहरीको छापा, सञ्चालक सहित ५ जना पक्राउ
  • सुनिल श्रेष्ठ

जेठ ६, बीरगंज / वीरगञ्ज स्थित आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा प्रहरीले छापा मारेको छ । यौन धन्दा चलाइरहेको विशेष सुचनाका आधारमा छापा मारी गरिएकाे स्राेतकाे दाबी छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनास्थल बाट केहीलाई पक्राउ समेत गरेको स्रोतको भनाई छ ।

स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ गरेको हो ।

प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेहरुका लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

6625
Shares

ट्रेन्डिङ