सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • कोरोनाबाट ७६ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट ७६ वर्षीय वृद्धको मृत्यु

नेपालमा मृतकको संख्या नौ पुग्यो

4630
Shares
कोरोनाबाट ७६ वर्षीय वृद्धको मृत्यु

काठमाडौं, जेठ २१: कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ। दोलखाका ७६ वर्षीय पुरुषको बुधबार बिहान काठमाडौंमा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हो। गत वैशाख २३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनको अप्रेशन गर्नुपरेपछि जेठ १५ स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौं मेडिकल कलेजबाट त्रिवि शिक्षण अस्पतालको आईसीयुमा राखिएको थियो। उनको बुधबार बिहान त्यहीँ निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा नौ पुगेको छ। नेपालमा सबैभन्दा पहिले जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन्। पछिल्लो पटक दैलेखको क्वारेन्टाइनमा रहेका पुरुष र किस्ट अस्पताल ललितपुरमा भर्ना भएका वृद्धले कोरोनाका कारण ज्यान गुमाएका थिए।

4630
Shares

ट्रेन्डिङ