सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा गणेश मुर्ती चोरी

काभ्रेको बनेपामा गणेश मुर्ती चोरी

16340
Shares
काभ्रेको बनेपामा गणेश मुर्ती चोरी

काभ्रे, २६ जेठः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ स्थित तला हिटीमा रहेको गणेशको मुर्ती चोरी भएको छ । गएराती मुर्ती चोरी भएको नेवा गुठी समाज बनेपाका अध्यक्ष जनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार आज विहान मुर्ती रहेको ठाउँमा हेर्दा नदेखेपछि चोरी भएको पत्ता लागेको हो । कसले चार्यौ भन्ने बारेमा केहि पत्ता नलागेको उनले बताए । स्थानीयहरुले मुर्ती खोजिन वडा कार्यालय र प्रहरीमा निवेद दिन तयारी गरिरहेका छन् ।

मौलिक गणेशको मुर्ती चोरी भएपछि स्थानीयहरु चिन्तित बढेका छन् । बनेपाका पुरानो बस्तीहरुमा रहेका देवी देवताको मुर्ती यस अघि पनि चोरी हुँदै आएका छन् । कतिपय ठाउँका मुर्ती अहिलेसम्म पत्ता लाग्न नसकेको गुठीका अध्यक्ष मानन्धरले बताए । ‘विहानै हेर्दा मुर्ती देखिएन, अध्यक्ष मानन्धरले भने ‘चोरी भएको पाइएपछि वडा कार्यालय र प्रहरीमा निवेदन दिएर खोजीदिन गरिदिन आग्रह गरेका छौँ ।’

16340
Shares

ट्रेन्डिङ