सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा गरिने

धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा गरिने

6000
Shares
धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा गरिने

काभ्रे: काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्र फोहोरमैला व्यवस्थापन गर्नखटिएका सबै कर्मचारीलाई पि.पि.ई सेट वितरण गरेको छ । कोरोना भाइरसको महामारीका बिच फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको सुरक्षाका लागि पि.पि.ई सेट बितरण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

२४ जनालाई आज पि.पि.ई सेट, बुट,एन ९५ मास्क,मोबाईल राख्ने थैली लगायतका समाग्री बितरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो । ४२ जनालाई पि.पि.ई सेटउलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

साथै फोहोरमैला व्यवस्थापनमा खटिने सबै कर्मचारीको कोरोना बिमा गरिने भएको छ । एक लाख बराबरको कोरोना विमा गरिने स्वास्थ्य संयोजक केसीले बताउनुभयो ।

6000
Shares

ट्रेन्डिङ