सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • नेता रुङ्ग्टाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेता रुङ्ग्टाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

6765
Shares
नेता  रुङ्ग्टाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

बिरगंज , जेष्ठ ३० : नेपाली कांग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्गटाको विशेष पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । बिरगंजको होटेल दियालो लर्ड प्लाजामा शुक्रबार एक कार्यक्रम बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। कोभिड -१९ ले बिश्वलाई नै आतंकित गरिरहेको बर्तमान अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामाग्रीहरुको अभावमा स्वास्थ्यकर्मीहरु जोखिमपुर्ण सेवा दिन बाध्य भएको यस्तो परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उदेश्यले सुरक्षित मातुत्व संजाल महासघ नेपालले पर्सा जिल्लामा रहेका ५ स्थानमा रहेका बर्थिङ्ग सेन्टर ( प्रसृति गृह) लाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो ।

पुर्व सान्सद अनिल रुङ्ग्टाले संस्थाबाट प्राप्त स्वास्थ्य सामाग्री पर्साका ५ बर्थिङ सेन्टरहरु बिरगंज महानगरका नारायणी अस्पताल , बगही प्राथमिक स्वास्थ्य उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बागेस्वरी प्राथमिक स्वास्थ्य केन्द्र ,पर्सागढिको बगवाना बर्थिङ सेन्टर, बहुदरामाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्र गरि ५ बर्थिङ सेन्टरलाई पिपिई ड्रेस -२ सेट , सेनिटाईजर -५ लिटर ,थर्मल गन -१ वटा, पन्जा-२ प्याकेट ,पेपर मास्क -५ पाकेट (२५०प्रती) , बुट -२ जोडि , एन ९५ मास्क – ४ वटा , साबुन -२० वटा ,स्यानेटरी प्याड -२० प्याकेट प्रत्येक बर्थिङ्ग सेन्टरलाई करिब १० हजार बराबरको सामान जम्मा रु. ५०,००० /- ( पचास हजार ) को सामान पुर्व सान्सद रुङ्ग्टाले उक्त बर्थिङ सेन्टरका स्वास्थ्य चौकि प्रतिनिधीलाइ बितरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, बरिस्ठ पत्रकार शंकर खतिवडा, पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव , नेपाली कांग्रेसका युवा नेता हुकुम सिंह,सर्जुक महतो , विद्यार्थी नेता दिलिप राज कार्की , नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंह लगायत सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

6765
Shares

ट्रेन्डिङ