सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकमा १८ जनामा कारोना भाईरस सङक्रमण पुष्टि

सिन्धुपाल्चोकमा १८ जनामा कारोना भाईरस सङक्रमण पुष्टि

6410
Shares
सिन्धुपाल्चोकमा १८ जनामा कारोना भाईरस सङक्रमण पुष्टि

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा १८ जना कोरोना संक्रमित थपिएका छन्। भारतबाट आएर मेलम्चीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका ५ कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए।

यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २४ पुगेको उनले जनाए। सिन्धुपाल्चोक पाँपोखरी थाङपालधाप गाउँपालिकामा २, इन्द्रावती गाउपालिकामा २, चौतारा साँगाचोकगढी नगरपालिकामा १ र बाह्रविसे नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ।

बाह्रविसे नगरपालिका राम्चेको सुत्केरी महिला मृत्यु भइसकेको छ। कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमै भएको थियो। एक साताअघि उनीहरूको कोरोना नेगेटिभ आएर उनीहरुलाई घर पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्ले जानकारी दिए।

‘उहाँहरूलाई कोरोना नभएको भन्दै छाडिएको थियो। उपप्रमुख लगायत अन्य व्यक्तिबाट फुलमाल लगाएर विदाई समेत गरेको पाएको छौ’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले समयमै रिपोर्ट नपठाउदा समस्या भएको हो।’ उनीहरूको सम्पर्कमा आएकाहरूको स्वाव संकलन गरेर पठाउने तयारी भइरहेको जनाए।

6410
Shares

ट्रेन्डिङ