सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो

4215
Shares
आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो

१६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

4215
Shares

ट्रेन्डिङ