सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पहिलो खेल महत्वपूर्ण हुन्छ, हामी जितका लागि खेल्छौं : कप्तान रोहित पौडेल

पहिलो खेल महत्वपूर्ण हुन्छ, हामी जितका लागि खेल्छौं : कप्तान रोहित पौडेल

815
Shares
पहिलो खेल महत्वपूर्ण हुन्छ, हामी जितका लागि खेल्छौं : कप्तान रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् ।

आज नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ । खेल राति साढे ९ बजे हुँदैछ ।

खेल सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्सका क्रममा उनले भने, ‘हामी सबैजना उत्साहित छौं । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौं ।

कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने भएकोले जितका लागि खेल्ने बताए ।

815
Shares

ट्रेन्डिङ