सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लायन्स क्लब द्वारा ४५०० भिटियम किट महानगरलाई हस्तान्तरण

लायन्स क्लब द्वारा ४५०० भिटियम किट महानगरलाई हस्तान्तरण

6310
Shares
लायन्स क्लब द्वारा ४५०० भिटियम किट महानगरलाई हस्तान्तरण
  • सुनिल श्रेष्ठ

बिरगंज / लायन्स क्लब अफ मिलेनियम बिरगंजले कोभिड -१९ टेसटिङ्गको लागी ४५०० पिस भिटियम किट बितरण गरेको छ । बिरगंजको होटल दियालो लड प्लाजामा मंगलवार एक कार्यक्रम बीच दाता निर्मल गुप्ता,केतन गुप्ता,बिशाल पट्वारीको सहयोगमा सो VTM किट बिरगंज महानगरका मेयर विजय सरावगी एवं नारायणी अस्पतालका मेसु मदन उपाध्यायलाई हस्तान्तरण गरिएको हो ।हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै संविधान सभा सदस्य अनिल रुङ्ग्टाले ब्यापारी वर्ग र कोभिड -१९ सङ्गको लडाईमा एेतिहासिक भुमिका निर्वाह गरेको र हाल बिरगंजमा कोभिड -१९ को चेकिङ्ग तिब्र रुपमा गरेर छिटै ग्रीन जोन बनाउने अभियानमा यस्ले सहयोग र सघाउ पुर्याउने बिश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी प्रमुख अतिथि मेयर सरावगीले बिरगंजका नागरिकले कोभिड -१९ को महामारी सङ्ग लड्न सहयोग गरिरहेकोमा धन्यवाद ब्यक्त गरेका थिए भने कार्यक्रमका अर्का अतिथी नारायणी अस्पतालका मेसु मदन उपाध्यायले अहिले हामी सतर्क रहौ,सुरक्षाको नियम पालना गरौ यस सहयोगले हामीलाइ धेरै टेस्ट गर्ने र धेरै राहत हुने बताए । मन्तव्यको क्रममा पत्रकार महासघ पर्सा अध्यक्ष श्याम बन्जराले सन्क्रमण फैलिने डर यथावत रहेको र भिटिएम किटको सहयोगले केहि सहज हुने र दाताहरुलाइ धन्यवाद पनि ब्यक्त गर्नु भएको थियो, उनले आफै सक्रमित भएको र यसबाट डराइ हाल्नुपर्दैन बरु समाजका अन्य ब्यक्तीले संक्रमणित भएकालाइ माया र सकारात्मक ब्यवहारको लागि आग्रह गरेका छ्न।

लायन्स क्लब मिलेनियमका अध्यक्ष सज्जन कुमार अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा lions क्लबका राघव आचार्य,बैंकर्स अफ एसोसिएसनका अध्यक्ष रोशन श्रेष्ठ, लायन डा.राम औतार खेतान,लायन गुड्डि जोशी,लायन रमेश अग्रवाल, लायन सुनिल रुङ्टा,युवा अभियन्ता दिलिपराज कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । लायन देवकीनन्दन अग्रवालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

6310
Shares

ट्रेन्डिङ