सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट थप एकको मृ’त्यु, संक्रमितको संख्या ६१ पुग्यो

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट थप एकको मृ’त्यु, संक्रमितको संख्या ६१ पुग्यो

5050
Shares
सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट थप एकको मृ’त्यु, संक्रमितको संख्या ६१ पुग्यो

सिन्धुपाल्चोक, २७ असारः सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षिय पुरुषको आज मृ’त्यु भएको हो । झण्डै ३ महिनादेखि विरामी रहेका उनको काठमाण्डौंमा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो ।

चाँपागाईका अनुसार मृ’त्यु हुनु अघि नै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएको हो । यो सँगै सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर बाह्रबिसे नगरपालिका स्थित राम्चेकी महिलाको मृ’त्यु भएको थियो ।

आज सिन्धुपाल्चोकमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या ६१ पुगेको हो । आज थपिएका सबै पाँचपोखरी थाङपाल गाउँपालिकाका हुन् । पाँचै जना भारतबाट आएका ब्यक्तिहरू रहेकाे बताइएकाे छ ।

5050
Shares

ट्रेन्डिङ