काठमाडौं , २७ असार : : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो।
योसँगै मृतकको संख्या ३८ पुगेको छ। गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने ६० वर्षीय पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष र अर्को एक जनाको कोरोनाकै कारण मृत्यु भएको हो । शंखमुल बस्ने ६० वर्षीय पुरुषको शनिबार निधन भएको हो । उनी फोक्सोका रोगी भएको गौतमले जानकारी दिए ।
त्यसैगरी पाटन अस्पतालमा क्षयरोगको उपचार गराइरहेका अर्का ४५ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ। असार १८ गते पाटन अस्पताल भर्ना भएका उनमा असार २२ गते कोरोना पुष्टि भएको थियो । त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते निधन भएको हो । उनी मिर्गौला रोगी भएको प्रवक्ता गौतमले जानकारी दिए । असार २१ गते स्वाबको नमुना परीक्षण गर्दा उनमो कोरोना पुष्टि भएको थियो ।