सबैको समाचार
मङ्लबार, असार १७, २०८२

आजदेखि टिकटक प्रतिबन्ध !

8395
Shares
आजदेखि टिकटक प्रतिबन्ध !

काठमाडौं, साउन १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन्। पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आज (शनिबार) नै यससम्बन्धी आदेशमा हस्ताक्षर गर्ने जानकारी दिएका हुन्।

फ्लोरिडातर्फ लागेका राष्ट्रपति ट्रम्पले आफूसवार विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन लागिएको बताए। भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो यसका लागि आफूले आकस्मिक आर्थिक अधिकार या कार्यकारी आदेशको प्रयोग गर्ने उनले जानकारी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यो मसँग निहित अधिकार हो।’

अमेरिकी सुरक्षा अधिकारीहरुले यसअघि नै टिकटक एपबाट निजी तथ्याङ्कको सुरक्षालाई लिएर चिन्ता जनाएका थिए। अमेरिकाको यो कदम टिकटक निर्माता कम्पनी बाइटडान्सका लागि निकै ठूलो झट्का हुन सक्नेछ। यो कम्पनीले टिकटक बेच्न लागेको र माइक्रोसफ्टले खरिद गर्न लागेको खबरहरू बाहिरिएका छन्‌। भारतले यसभन्दा अघि नै चीननिर्मित दर्जनौं मोबाइल एप्लिकेशनमा प्रतिबन्ध लगाइसकेको छ।

8395
Shares

ट्रेन्डिङ