सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

6860
Shares
मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं, भदौ ३०। सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए। उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

6860
Shares

ट्रेन्डिङ