सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विवाह गर्नु अगाडी हुनेवाली श्रीमतीको बारेमा यी ५ कुरा ध्यान दिनुहोस्

विवाह गर्नु अगाडी हुनेवाली श्रीमतीको बारेमा यी ५ कुरा ध्यान दिनुहोस्

4090
Shares
विवाह गर्नु अगाडी हुनेवाली श्रीमतीको बारेमा यी ५ कुरा ध्यान दिनुहोस्

माघ महिना नजिकिदै छ । यहि समय धेरै जनाले विवाहको तयारी गरिरहेको हुनुहुन्छ होला । अथावा प्रेममा परेकाहरुले पनि भविश्यमा विवाहको योजना बनाउँदै हुनुहुन्छ होला । विवाह भएपछि मानिसको नयाँ जीवनको सुरुवात हुन्छ भनिन्छ । तर यदि तपाईंले आफ्नो लागि सहि जीवनसाथी रोज्नुभएन भने तपाईंको जीवन नयाँ भएपनि तनावपूर्ण हुनसक्छ । त्यसैले बिवाह गर्नुहअघि तपाईंकी हुनेवाली श्रीमतीको बारेमा यी पाँच कुरामा ध्यान दिनुहोस्ः
१. आत्मनिर्भर
तपाईंको हुने्वाला श्रीमती आत्मनिर्भर हुनु जरुरी छ । कारण विवाह पछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत सम्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिलेभन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स–साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।
२. इमोशनल अत्याचार
यदि तपाईंको हुनेवाला श्रीमती तपाईंसँग स–साना कुरामा पनि झगडा गर्छिन् वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छिन् भने विवाह पश्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ । त्यसैले यस्तो व्यवहार भएका स्त्रीहरुसँग परै रहनु उचित हुन्छ । किनकी बिवाह आपसी सुःखका लागि हो अनावश्यक तनावका लागि होइन ।
३. तीतो व्यवहार
यदि तपाईंको हुनेवाला श्रीमतीको व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले उनीसँग सम्बन्ध अगाडी बढाउने या नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।
४. झुट बोल्ने बानी
यदि तपाईंको हुनेवाला श्रीमती बोलीपिच्छे झुट बोल्छिन् भने विचार पुर्याउनुहोस्, यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिनसक्छ ।
५. चेन्ज हुन आग्रह
यदि तपाईंकी हुनेवाला श्रीमती तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउँछिन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ । किनकी के थाहा उनले कुनैदिन तपार्यंलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।

4090
Shares

ट्रेन्डिङ