सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि,थप दुई जनाको मृ’त्यु

काभ्रेमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि,थप दुई जनाको मृ’त्यु

4415
Shares
काभ्रेमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि,थप दुई जनाको मृ’त्यु

काभ्रे : काभ्रेमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिकाका ४ पुरुष, पनौती नगरपालिकाका १ महिला र २ पुरुष,पाँचखाल नगरपालिकाका २ पुरुष रोशी गाँउपालिकाका १ पुरुष र ३ महिला र बनेपा नगरपालिकाका १० पुरुष र ४ महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या७२७पुगेको छ । यस्तै ४४७जना भने उपचार पछि निको भएर घर फर्कीएका छन् । आझै जिल्लामा २७२ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १५८ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने ११४ जना होम आईसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

यसैबिच धुलिखेल अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।बनेपा नगरपालिका वडा नम्बर १३का ४६वर्षका एक पुरुष र काठमाण्डौ महानरपालिका ९ का ७६ वर्षका एक पुरुषको मृ’त्यु भएको बताईएको छ । यो सँगै जिल्लामा भईरसको संक्रमण बाट मृ’त्यु हुनेको संख्या १३ पुगेको छ । ती मध्ये ५ जना बाहिरी जिल्लाका हुन् ।

4415
Shares

ट्रेन्डिङ