सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन : पूर्वमन्त्री बाँस्कोटा

नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन : पूर्वमन्त्री बाँस्कोटा

4030
Shares
नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं : पूर्व संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पदको इच्छा राख्ने व्यक्तिलाई पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन्।
नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा शुक्रवार उनले नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरेका हुन्।

‘पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न। यसले समस्या झन बल्झाउँछ। तथ्यगत रुपमा बहस विमर्श हुनु जरुरी छ’, उनले भने। बाँस्कोटाले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे। ‘नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन’, उनले भने।

बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुंगो लाग्नुपर्ने बताए। ‘जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ। ६-६ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना हो। त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो’, उनले भने। रासस

4030
Shares

ट्रेन्डिङ