सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेकपा काभ्रेको १० औँ जिल्ला अधिवेशन गर्न आयोजक कमिटी गठन

नेकपा काभ्रेको १० औँ जिल्ला अधिवेशन गर्न आयोजक कमिटी गठन

8200
Shares
नेकपा काभ्रेको १० औँ जिल्ला अधिवेशन गर्न आयोजक कमिटी गठन

काभ्रे : नेकपा काभ्रे (ओली समूह)ले १० औँ जिल्ला अधिवेशन गर्न आयोजक कमिटी गठन गरेको छ । आज बसेको विस्तारित बैठकले जिल्ला अधिवेशन अयोजना गर्नका लागि ६९९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

साविकको जिल्ला कमिटी १२४ सहित ६९९ आयोजक समिति गठन भएको हो । ७२ जना अझै मनोनित गर्न बाँकी रहेको ओली समूहको जिल्ला कमिटी सदस्य प्रकाश रोक्काले जानकारी दिए ।

https://www.youtube.com/watch?v=7AGNpo1NmY8&t=157s

यसअघिको बैठकले नेकपा काभ्रे (ओली समूह) को जिल्ला अध्यक्षमा अशोक कुमार ब्याञ्जु र सचिवमा नारायण पाण्डे चयन भएका थिए । आजको विस्तारित बैठकमा पूर्व एमाले खेमाका अधिकांश नेता कार्यकर्ता भेला भएका थिए ।

 

ओली समूहको विस्तारित बैठकलाई प्रभावित पार्न प्रचण्ड माधव समूहले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा अगुवा कार्यकर्ता भेला गरेका थिए । तर पनि ओली समूहको बनेपामा भएको बैठक तथा अगुवा कार्यकर्ता भेलामा उल्लेखिय नेता कार्यकर्ता भेला भएका थिए ।

8200
Shares

ट्रेन्डिङ