सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

7850
Shares
बनेपाका यी ठाउँमा आज दिन भर विद्यूत सेवा बन्द हुने

काभ्रे, ३ बैशाख : बनेपा नगरपालिकाका विभिन्न ठाउँमा आज दिनभर विद्यूत सेवा बन्द हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण , काभ्रे वितरण केन्द्रका अनुसार बनेपाका तीन ठाउँमा विद्यूत सेवा बन्द हुने छ ।

राम मन्दिर रातमाटेमा कभर तार तान्ने र गोदामचोकमा मर्मत कार्य हुने भएकाले कोल्डस्टोर नजिकको २ वटा १०० केभिए, प्लाइ कारखाना नजिकको २ वटा १०० केभिए, रातमाटेको २०० केभिए र गोदामचोकको २०० केभिए टान्सफर्मर मर्मत गर्नुपर्ने भएकाले विद्यूत सेवा बन्द हुने भएका हुन् ।

यी ठाउँमा विहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म विद्यूत सेवा बन्द हुने नेपाल विधुत प्राधिकरण , काभ्रे वितरण केन्द्रले जनाएको छ ।

7850
Shares

ट्रेन्डिङ