सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा १९७ जना निको भए, २१४ जना थपिए

काभ्रेमा १९७ जना निको भए, २१४ जना थपिए

6765
Shares
काभ्रेमा १९७ जना निको भए, २१४ जना थपिए

काभ्रेमा एकैदिन थपिए १९७ जना सं क्रमित निको भएका छन् । २१४ जना नया सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज थपिएका सं क्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका ४५ जना पुरुष र ३४ जना महिला रहेका छन् । बनेपा नगरपालिकाका ३४ जना पुरुष र १५ जना महिला, मण्डनदेउपुर नगरपालिकाका १८ जना महिला र १५ जना पुरुष सं क्रमित भएका छन् ।

त्यसै गरि पनौती नगरपालिकाका महिला र पुरुष १४/१४ जना, पाँचखाल नगरपालिकाका १० जना महिला र ९ जना पुरुष, बेथानचोक गाउँपालिकाका ६ जना पुरुष र २ जना महिला, रोशी गाउँपालिकाका १ जना महिला र १ जना पुरुष, चौरीदेराली, भुम्लु, तेमाल गाउँपालिकाका १/१ जना पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या २५ सय ९९ पुगेको छ । जसमा १२२ जना अस्पतालको आईसोलेसनमा र २४ सय ७७ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बितेको २४ घण्टामा काभ्रेका १ सहित ३ जना सं क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बनेपा नगरपालिकाका ६० बर्षीय पुरूष, भक्तपुरका ६३ बर्षीय पुरूष र सर्लाही घर भएका ५८ बर्षीय पुरूष रहेका छन् । तीनै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो ।

6765
Shares

ट्रेन्डिङ