सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नाङ्साल एसोशियसनले गर्यो काभ्रेका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री सहयोग

नाङ्साल एसोशियसनले गर्यो काभ्रेका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री सहयोग

6030
Shares
नाङ्साल एसोशियसनले गर्यो काभ्रेका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री सहयोग

काभ्रे: नाङ्साल एसोशियसन नेपालले काभ्रेका विभिन्न पालिकामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विवल्ड अनलसको सहयोगमा नाङ्साल एसोशियसन नेपालले बेथानचोक गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष दिनेश लामाले अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनालाई हस्तान्तरण गरेका हुन् । त्यस्तै संस्थाले जिल्लाकै खानीखोला गाउँपालिका ७ मिल्चेमा आईसोलेसन केन्द्र सञ्चालन गर्न १० थान वेड र ५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । मिल्चेका वडा अध्यक्ष क्षेत्र ग्यावालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष लामाले पछिल्लो समय गाउँगाउँमा कोरोना फैलिएको भन्दै सहज उपचारका लागि आफूले सकेको सहयोग गरेको बताए । स्वास्थ्य सामाग्रीको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनि आफ्नो संस्थाले सहयोग गर्दै आएको जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तान, कार्यक्रम संयोजक राजन पौडेल, नेपाली काँग्रेसका बेथानचोक का कोभिड अनुगमन संयोजक गोविन्द अधिकारी एवं रेडियो गौरवका स्टेसन म्यानेजर महेन्द्र थिङ लगायतको उपस्थिति रहेको थियो ।

6030
Shares

ट्रेन्डिङ