सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन आतंक !

सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन आतंक !

10355
Shares
सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन आतंक !

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा अपरिचित ब्यक्तिले ड्रोन मार्फत भिडियो खिचेको भन्दै नगरपालिकाले आपत्ति जनाएको छ । नगरप्रमुख निम फुन्जो शेर्पाले प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा ड्राेन उडाएर महिला स्वास्थ्यकर्मीहरू बस्ने आवसमा भिडियो खिचेको र महिलाहरूकाे गाेप्यनीयता हनन गरेको दाबी गर्नुभयो ।

‘हिजाे बाह्रबिसे नगरपालिका अन्तरगत बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै अपरिचित व्यक्ति वा समूहबाट अनुमति बिना यस प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा ड्राेन उडाएर महिला स्वास्थ्यकर्मीहरू बस्ने आवसमा महिलाहरूकाे गाेप्यनीयता हनन हुने कानून विपरीत कार्य गरिएकाेले सम्बन्धि निकायलाई कानून बमाेजिमकाे का रबाही गर्न माग गर्दछु, नगरपालिकाको आधिकारिक फेसबुक वालमा लेखिएको छ ।’

नगरप्रमुख शेर्पाले आ पराधिक मनस्थितिका साथ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ड्रोन उठाएको बताउनुभयो । आज ईलाका प्र हरी कार्यालय बाह्रबिसेका प्रमुख सहित प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएका नगरप्रमुख शेर्पाले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित नभई आफ्नो नियमित काम गर्न आग्रह गर्नुभयो ।

सरोकार टिभीका पत्रकार बताउने रामचन्द्र बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रमा ड्रोन उडाएको स्वास्थ्यकर्मीले बताएका छन् । नगरप्रमुख शेर्पाले बिना अनुमति ड्रोन उडाएर भिडियो खिच्न नपाउने भन्दै कानुन बमोजिम का रबाहि गर्न माग समेत गर्नुभयो ।’कोरोनाको यस्तो म हामारीका बेला स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि गरिएको अमानवीय ब्यवहार सहन योग्य छैन, यस्ता आ पराधिक मनोवृत्ति भएकालाई का रबाहिको दायरामा ल्याएर छोड्छौ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

 

10355
Shares

ट्रेन्डिङ