सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पनौती काभ्रे जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा

पनौती काभ्रे जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा

7605
Shares
पनौती काभ्रे जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा

काभ्रेको पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको छ । बुधबार एक समारोहका बीच पूर्व मन्त्री गोकुल बाँस्कोटाले पनौती नगरपालिकालाई जिल्लाको दोस्रो बाल मैत्री नगरपालिका घोषणा गर्नुभएको हो ।

पनौती नेपालको आठौँ र वागमती प्रदेशको चौंथौ बालमैत्री नगरपालिका बन्नेको छ । काभ्रेको सबैभन्दा पहिला धुलिखेल नगरपालिका बालमैत्री नगर घोषणा भएको थियो । बसिभिन्न सूचक पार गरेपछि नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाका १२ वटै वडामा बालमैत्री संरचना र शासन हुनेछ । नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि बालबालिकाको क्षेत्रमा बिशेष कार्यक्रम सञ्चालन गर्ने गरी नीति कार्यक्रम तथा बजेटको ब्यवस्था गरेको छ ।

7605
Shares

ट्रेन्डिङ