सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउन सकिन्छ : स्वास्थ्यमन्त्री

पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउन सकिन्छ : स्वास्थ्यमन्त्री

650
Shares
पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई बुझाउन सकिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् ।

पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पहिचान भएका शवलाई शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।

हिजो ४ वटा शवको पोस्टमार्टम भएको थियो । तर त्यसलाई मृतकका आफन्तले दिएको हुलिया र क्लिनिकल परीक्षण गरी ‘म्याचिङ’ गर्न बाँकी छ ।

650
Shares

ट्रेन्डिङ